
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफको अध्यक्षतामा पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति (एनएससी)को बैठक बुधबार बस्यो ।
बैठकपछि जारी गरिएको विज्ञप्तिमा आफ्नो भूमिमा आतंकवादी शिविर रहेको भारतको दाबीलाई अस्वीकार गरिएको छ ।
पाकिस्तानले भारतले लगाएका आरोपहरू निराधार भएको दोहोर्याएको छ । “सम्झनुपर्ने कुरा यो छ कि २२ अप्रिल २०२५ पछि पाकिस्तानले विश्वसनीय, पारदर्शी र निष्पक्ष अनुसन्धानको लागि वास्तविक प्रस्ताव गरेको थियो, जुन दुर्भाग्यवश स्वीकार गरिएन,” विज्ञप्तिमा भनिएको छ ।
आफ्नो दाबीलाई प्रमाणित गर्ने कुनै प्रमाण प्रस्तुत नगरी भारत अगाडि बढेको आरोप पाकिस्तानका प्रधानमन्त्रीले लगाएका छन् । “आफ्नो राजनीतिक उद्देश्यहरू पूरा गर्न निर्दोष नागरिकहरूमाथि आक्रमण गर्यो,” विज्ञप्तिमा भनिएको छ ।