विदेश

लस एन्जलस । पश्चिमी अमेरिकामा प्रहरीले मानिसलाई माहुरीको झुन्डबाट जोगिन आग्रह गरेको छ । अमेरिकाको सुदूरउत्तरपश्चिमस्थित वासिङटन राज्यमा एउटा सेमिट्रेलर ट्रक दुर्घटना हुँदा २५ करोड माहुरी ‘भागेका’ले प्रहरीले स्थानीयलाई सावधानी अपनाउन भनेको हो ।
ह्वाटकम काउन्टी शेरिफले आफ्नो सामाजिक सञ्जाल पेजमा लेखेको छ, “अहिले २५ करोड माहुरी एकसाथ भागेका छन् । माहुरी भाग्ने क्रममा बीचमा आउने अवरोधले आक्रामक हुने र एकै ठाउँमा झुम्मिने र टोक्ने सम्भावनाको कारण यस क्षेत्रमा सावधानी अपनाउनुहोला ।”
क्यानाडासँग सीमा जोडिएको र भ्यानकुभरबाट ३० माइलको दूरीमा रहेको उक्त क्षेत्रका माहुरी विशेषज्ञले सफाइका निम्ति काम गरिरहँदा सडक बन्द गरिएको छ । रासस/एएफपी
प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२ १४:४६
प्रतिक्रिया दिनुहोस्