
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार (जुन ४) देखि स्टील र आल्मुनियम आयातमा अमेरिकाले हालको कर दर २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने घोषणा गरेका छन् ।
पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित एक र्यालीमा ट्रम्पले यो कदमले स्थानीय स्टील उद्योग र राष्ट्रिय उत्पादनलाई बढावा दिने र चीनमाथिको निर्भरता कम गर्ने बताए ।
ट्रम्पले अमेरिकी स्टील र जापानको निप्पोन स्टीलबीचको साझेदारीले यस क्षेत्रको स्टील उत्पादनमा १४ अर्ब डलर लगानी गर्ने बताए ।
यो साझेदारीको विवरण भने अझै स्पष्ट छैन । दुवै कम्पनीहरूले अहिलेसम्म कुनै सम्झौताको पुष्टि गरेका छैनन् ।
“कुनै पनि कामबाट कटौती हुने छैन । आउटसोर्सिङ हुने छैन,” र्यालीमा स्टील कामदारहरूको भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, “प्रत्येक अमेरिकी स्टील कामदारले चाँडै नै ४५ हजार बोनस पाउनेछन्, जुन उनीहरूले पाउनु पर्ने हो ।” बीबीसी