site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कतारका प्रधानमन्त्रीले भारतका विदेशमन्त्रीलाई भने– कूटनीतिक माध्यमबाट समाधान खोज्नुस्

काठमाडौं । कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले भारतका विदेशमन्त्री एस जयशंकरसँग बुधबार टेलिफोन वार्ता गरेका छन् ।

गएराति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेपछि कतारका प्रधानमन्त्रीले भारतका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गरेका हुन् ।

फोनवार्तामा कतारका प्रधानमन्त्रीले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेका थिए । यो संकटको कूटनीतिक समाधानको लागि अपिल पनि गरेका थिए ।

टेलिफोन वार्ताका सम्बन्धमा कतारको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा एक विज्ञप्ति पोस्ट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “कतार भारत र पाकिस्तानबीच निरन्तर बढ्दो तनावप्रति चिन्तित छ र दुवै देशलाई कूटनीतिक माध्यमबाट यो संकटको समाधान खोज्न आग्रह गरेको छ ।”

कतारले भारत र पाकिस्तानले तनाव कम गर्न वार्ताका माध्यमहरूमा जोड दिनुपर्ने बताएको छ । दुवै देशले समाधान नभएका समस्याहरूलाई सकारात्मक संवादबाट समाधान गर्नुपर्ने भनाइ कतारका प्रधानमन्त्रीको छ ।

भारतले गएराति स्थानीय समयअनुसार १ः०५ देखि १ः३० बजेको बीचमा पाकिस्तानमाथि आक्रमण गरेको थियो, जसलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको छ ।

यो अपरेसन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी आक्रमणको सिकार भएका निर्दोष नागरिकहरू र उनीहरूका परिवारहरूलाई न्याय प्रदान गर्न सुरु गरिएको भारतले बताएको छ ।

यस अपरेसनमा नौ आतंकवादी शिविरलाई लक्षित गरी पूर्ण रूपमा ध्वस्त पारिएको दाबी भारतले गरेको छ ।

पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ पाकिस्तानी सर्वसाधारण मारिएको र ४६ जना घाइते भएको बताएको छ । भारतले नियन्त्रण रेखामा पाकिस्तानतर्फबाट भएको गोलाबारी हुँदा १० जना भारतीय सर्वसाधारण मारिएको र ३२ जना घाइते भएको बताएको छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro