site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानविरुद्धको सैन्य कारबाहीका कारण उत्तरी भारतमा हवाइ उडान प्रभावित 

काठमाडौं । भारतीय सेना तथा सशस्त्र बलले मंगलबार रातिदेखि बुधबार बिहानसम्म पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका आतंकवादी अड्डाहरूमा गरेको सैन्य कारबाही कारण भारतको उत्तरी क्षेत्रका प्रमुख सहरहरूमा धेरै हवाइ उडान प्रभावित भएको छ । 

एयरलाइन्सहरूले यात्रुहरूलाई उडान रद्द वा ढिला हुनसक्नेबारे सचेत गराएको एनडीटीभीले जनाएको छ । 

उनीहरूले यात्रुहरूले आफ्नो उडानको स्थिति जाँच गरेर मात्र यात्राको योजना बनाउन आग्रह गरेका छन् । 

एयर इन्डियाले जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटका लागि दिउँसो १२ बजेसम्मका उडानहरू रद्द गरेको छ । अमृतसरतर्फ जाँदै गरेका दुई अन्तर्राष्ट्रिय उडानहरू दिल्लीतर्फ मोडिएको जानकारी दिएको छ ।

वर्तमान परिस्थितिको मध्येनजर गर्दै एयर इन्डियाले ७ मे दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटका सबै उडानहरू अधिकारीहरूको अद्यावधिक जानकारी नआउन्जेलसम्म रद्द गरेको बताएको छ । 

इन्डिगोले पनि जम्मू, श्रीनगर, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला र बिकानेरका उडानहरू प्रभावित भएको बताएको छ । स्पाइसजेटले धर्मशाला, लेह, जम्मू, श्रीनगर र अमृतसरमा विमानस्थल बन्द भएकाले उडान आगमन र प्रस्थानमा असर पर्नसक्ने जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro