site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवीन्द्र मिश्रलगायतको रिहाइको माग गर्दै रिले अनशन जारी

काठमाडौं । राप्रपाका नेता रवीन्द्र मिश्रलगायत सबैको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले पाँचौँ दिन पनि रिले अनशन जारी राखेको छ ।

चैत्र १५ गते काठमाडौंमा भएको घटनाका आधारमा नेताहरूमाथि लगाइएको झुटा मुद्दा खारेज गर्न उनीहरूको माग छ । मिश्रलगायत सबैको रिहाइको माग गर्दै उनीहरूले ललितपुरको जावलाखेलमा रिले अनशन जारी राखेका हुन् । 

अनशनकारीले झुटा मुद्दा खारेज गर, राष्ट्रवादीहरूलाई रिहा गर, विधिको सुशासन कायम गर, नागरिक स्वतन्त्रता हक कायम गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

रिले अनशनको पाँचौँ दिन राप्रपाका केन्द्रीय सदस्य उदयराज पोखरेललगायत नेता सहभागी भएका छन् । पोखरेलले चैत्र १५ गतेको घटनामा झुटा मुद्दा लगाएर पक्राउ परेकालाई छिटोभन्दा छिटो रिहा गर्नुपर्ने बताए । 

आफूहरूको आन्दोलन नरोकिने भन्दै उनीहरूले आफ्ना माग मुद्दा स्थापित भएरै छाड्ने उल्लेख गरे । 

मिश्रलगायत नेताहरू चैत १५ गते राजावादीले गरेको प्रदर्शनका क्रममा अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro