site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोदावरी मेयर कपमा काठमाडौं र ललितपुर महानगरको जित

काठमाडौं । दोस्रो उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा काठमाडौं र ललितपुर महानगरपालिकाले विजयी सुरुआत गरेका छन् । यस्तै, अर्को खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई हराएको छ ।

वर्षाका कारण गोदावरी–१० स्थित गोदावरी बहुउदेश्यीय रंगशालामा आइतबार स्थगित भएको एउटा खेल च्यासल मैदानमा खेलाइएको थियो । बिहानको भएको खेलमा ललितपुर महानगरपालिकाले वाग्मती गाउँपालिकालाई ७–३ गोल अन्तरले हराएको छ । कमजोर डिफेन्सको फाइदा उठाउँदै दुवै टिमले स्कोर गरेका थिए ।

ललितपुरका लागि राफिल मर्हजन र निरज मर्हजनले दुई–दुई गोल गर्दा शनि ब्यन्जनकार, विशाल बानियाँ र नवीन कर्माचार्यले थप एक–एक गोल गरे ।

यो खेलसँगै समूह ए बाट गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाले तीन–तीन अंक बटुलेका छन् भने वाग्मती गाउँपालिका र महालक्ष्मी नगरपालिकाले कुनै अंक जोडेका छैनन् ।

सोमबारै एन्फा मुख्यालयमा सम्पन्न अर्को खेलमा काठमाडौं महानगरपालिकाले चाँगुनारायण नगरपालिकालाई ५–० ले निराश पारिदिएको छ ।

डिफेन्डिङ च्याम्पियन काठमाडौंको जितमा राज पौडेलले दुई गोल गर्दा अखिलेष कार्की, सरोज तामाङ र विराज मर्हजनले एक–एक गोल गरे ।

गोदावरी बहुउदेश्य रंगशालामा खेलाउने तयारी भइरहँदा अकस्मात फेरि वर्षा भएपछि खेललाई सातदोबाटोको मैदानमा सारिएको थियो ।
काठमाडौं र चाँगुनारायणले मध्यपुर ठिमीसँग खेल्न बाँकी छ ।

गोदावरी बहुउदेश्यीय रंगशालामा सोमबार सम्पन्न भएको एक मात्र खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई ५–० ले हराएको छ ।

दक्षिणकालीका लागि अमित तामाङले ह्याट्रिक पूरा गरे । यस्तै, थप दुई गोलमा एक गोल आत्मघाती उपहार र अर्को नवीन कर्माचार्यले गरे । अब दक्षिणकाली र कागेश्वरीले चन्द्रागिरी नगरपालिकासँग खेल्न बाँकी छ ।

आगामी जेठ ३ गतेसम्म चल्ने प्रतियोगितामा उपत्यकाभित्रका १३ वटा पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमलाई पाँच लाख र उपविजेतालाई तीन लाख रुपैयाँसहित ट्रफी  पुरस्कार प्रदान गरिनेछ ।

अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फर्वाड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  २२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro