site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूजा फेरि एक्सन चलचित्रमा !

काठमाडौं । नायिका पूजा शर्मा पुनः एक्सन चलचित्रमा अनुबन्ध भएकी छन् । गतवर्ष रिलिज भएको चलचित्र ‘दान्भी’का निर्देशक रुपेश तामाङको नयाँ एक्सन चलचित्रमा पूजा अनुबन्ध भएकी हुन् । 

रुपेशले पूजाको जन्मदिनको अवसर पारेर उनलाई आफ्नो सिनेमामा अनुबन्ध गरेका हुन् । 

रुपेशले यसपटक मल्टिस्टार एक्सन चलचित्र बनाउने तयारी गरेका छन् । 

नायिका शर्माले पनि फेरि एकपटक आफू एक्सन भूमिकामा देखिन लागेको बताएकी छन् । उनले भनिन्, “दान्भीको एक्सनलाई दर्शकले रुचाउनुभएको थियो । यसैले, मलाई एक्सन फिल्ममा फेरि काम गर्न मन थियो । रुपेशजीले राम्रो कथा लिएर आएपछि साइन गरेकी हुँ ।”

रुपेशको निर्देशन रहने चलचित्रको कथा सुमन गजमेरले लेखिरहेका छन् । केही महिनामै छायांकन सुरु हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro