site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा मंगलबार नेपाल प्रहरीको विपद् व्यवस्थापन पूर्वतयारीको निरीक्षण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । 

सूचना संकलन एवं पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने उनले बताए । सो अवसरमा उनले विपद् व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन एवं विपद् उद्धार सामग्रीको समेत अवलोकन गरे । 

Argakhachi Cement Island Ad

विपद् व्यवस्थापनमा विगतमा भएका कमी कमजोरीहरूको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढंगबाट कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने गृहमन्त्री लेखकले बताए । 

विपद् व्यवस्थापनमा स्थानीय तह एवं अन्य सरोकारवाला निकायसँग समन्वय गरी जनताले महसुस गर्न सक्ने गरी उत्कृष्ट कार्य गर्न समेत उनले उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । 

कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद् व्यवस्थापनमा सूचना संकलन र आपसी समन्वय महत्त्वपूर्ण हुने चर्चा गरे । अन्य सुरक्षा निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न उनले आग्रह गरे । 

आमनागरिकले संकटका बेला सुरक्षा निकायहरूलाई आशाको केन्द्रको रूपमा लिने भन्दै उनले अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पदान गर्न आग्रह गरे । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्