site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मृत्युको मुखबाट फर्किएका सुशान्तले कमेडीमार्फत आफ्नो कथा भन्ने

काठमाडौं । एक वर्षअघि कमेडी च्याम्पियनको टिम चढेको कार दुर्घटना हुँदा गम्भीर घाइते भएका कमेडियन सुशान्त बस्यालले आफ्नो कथा कमेडीका माध्यमबाट पस्किने भएका छन् । उनले आफू दुर्घटनामा पर्दा र त्यसपछि रिकभरी भएसम्मको कथा कमेडीको माध्यमबाट प्रस्तुत गर्न लागेका हुन् ।

बस्यालले यही वैशाख २८ ‘एक्सिडेन्ट्ल्ली फन्नी, ट्र्याजिडी टु कमेडी’ कार्यक्रम आयोजना गरेका छन् । उक्त कार्यक्रम प्रस्तोतामा कमेडियन सुमन कोइराला छन् भने कमेडियन प्रतीक अधिकारीले पनि आफ्नो प्रस्तुति दिनेछन् । त्यसपछि एक घण्टा बस्यालले आफ्नो दुर्घटनाको कथा प्रस्तुत गर्नेछन् ।

कार्यक्रम बेलुका ६ः३०बाट गौशलाको स्टुडियो थिएटर पिंगलास्थानमा हुनेछ । कार्यक्रमको प्रवेश शुल्क ५०० रुपैयाँ राखिएको छ । 

टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कार ०८० चैतमा भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको थियो । उक्त कारमा ६ जना सवार थिए । तर, सुशान्त गम्भीर घाइते भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro