site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एबीभीपीले भन्यो– केआईआईटीविरूद्ध तत्काल कडा कारबाही होस्

काठमाडौं । भारतको विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिशा शाहको मृत्युका दोषीलाई कारबाही गर्न माग गरेको छ । एबीभीपी भारतरको सबैभन्दा ठूलो विद्यार्थी संगठन हो । 

घटनालाई अत्यन्त पीडादायी भन्दै एबीभीपी विज्ञप्ति जारी गर्दै केआईआईटीमा पुनः नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु लज्जास्पद भएको बताएको छ । 

एकै प्रकृतिको घटना बारम्बार हुँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न माग गरेको छ । 

केआईआईटी विश्वविद्यालयको प्रशासन र जिम्मेवार अधिकारीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिएको छ । एकै खालका घटना दोहोरिरहँदा केआईआईटीको विश्वस्नीयतामा प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ । 

“केआईआईटी विश्वविद्यालयमा बारम्बार भइरहेका आत्महत्याका घटनाहरूले यसको विश्वसनीयतामाथि प्रश्न उठाएको छ,” विज्ञप्तिमा उल्लेख छ । 

केआईआईटीमा पहिलो वर्षको दोस्रो सेमेस्टर अध्ययनरत वीरगन्जकी प्रिशा बिहीबार साँझ ८ बजे मृत फेला परेकी थिइन् । कलेजको होस्टलमा उनलाई झुण्डिएको अवस्थामा मृत फेला पारिएको थियो । 

उनले किन आत्महत्या गरिन् अहिलेसम्म त्यसको कारण भने बाहिर आएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । 

गत वर्ष फागुन ४ मा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro