site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उदयपुरमा दुर्घटना : दमकका कानुन अधिकृतको मृत्यु, ६ घाइते

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–६, सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

चितवनबाट झापातर्फ जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कारपियो बिहीबार आफैँ अनियन्त्रित भई सडक साइडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कारपियोमा सवार झापाको दमक नगरपालिका–३ बस्ने ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको छ । बस्नेत दमक नगरपालिकाका कानुन अधिकृत हुन् । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि  प्रादेशिक अस्पताल कटारी पुर्‍याउनासाथ अस्पतालले मृत घोषणा गरेको थियो ।

दुर्घटनामा घाइते सवारी चालक झापाको दमक नगरपालिका–९ बस्ने ३८ वर्षीय देवेन्द्र तामाङ, दमक नगरपालिका–१० बस्ने ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारी, दमक नगरपालिका–१ बस्ने ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक नगरपालिका–६ बस्ने ५४ वर्षीय कमल श्रेष्ठ, दमक नगरपालिका–२ बस्ने ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका–१ बस्ने ५४ वर्षीय भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।           

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro