site stats
बाह्रखरी :: Baahrakhari
देश
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी दोलखा गौरीशंकर गाउँपालिका–५ सुरी डाँडा टोल ठेगाना भएका बागसिं भन्ने रविन तामाङ बिहीबार पक्राउ परेका छन् । 

साउदी अरबबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका निम्ति जिल्ला प्रहरी कार्यालय दोलखाको अनुरोधपछि इन्टरपोल महासचिवालयबाट सन् २०२३ अगस्ट २१  मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २१:१९
प्रतिक्रिया दिनुहोस्