देश

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षा तोकिएकै समयमा हुने जानकारी दिएको छ । यसअघि वैशाख ११देखिका लागि तय भएको परीक्षा शिक्षक महासंघको आन्दोलनका कारण वैशाख २१ गतेका लागि सरेको थियो ।
बोर्डले महासंघको आन्दोलन स्थगन भइसकेकाले कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै मिति (०८२ वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म) र निर्धारित परीक्षा केन्द्रमा सञ्चालन हुने जानकारी गराएको हो ।
अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरेर भ्रामक सूचना सम्प्रेषण भएको भन्दै बोर्डले भ्रममा नपर्न आग्रह पनि गरेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२ १७:१८
प्रतिक्रिया दिनुहोस्