देश

काठमाडौं । मोरङमा नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१३ बाट भारतीय ५०० दरका सात थान नक्कली नोटसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको बिहार अररिया बस्ने १९ वर्षीया सिम्पी बैसन्ती छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँस्थित किराना पसलमा सिम्पीले सामान किनेपश्चात नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२ १६:१८
प्रतिक्रिया दिनुहोस्