site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बलिदान’को प्रि–टिजरमा समीरको एक्सन र विराजको न्यारेसन 

काठमाडौं । चलचित्र ‘बलिदान’को प्रि–टिजर सार्वजनिक गरिएको छ । अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर ‘बलिदान’को प्रि–टिजर सार्वजनिक गरिएको हो । 

प्रि–टिजरमा चलचित्रका प्रमुख कलाकार समीर भट्टको एक्सन छ । विराज भट्टको न्यारेसनसँगै सुरु हुने टिजरमा समीरको एक्सन समेटिएको छ । 

प्रि–टिजरमा देशभक्तिपूर्ण भावना छ । देशको चिन्ता, आवश्यकता र देशभक्तिपूर्ण भावनासँगै समीरको आक्रोशपूर्ण चिच्याहटसँगै ‘प्रि–टिजर सकिन्छ । 

दसैँको फूलपातीमा रिलिज हुने चलचित्र ‘बलिदान’लाई सन्तोष सेनले निर्देशन गरेका छन् । 

चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ । 

आसुसेन फिल्म्स्‌को प्रस्तुति रहेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro