site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन बुझाइयो, गोकुल बास्कोटाले राखे थप राय 

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुसन्धानका निम्ति गठित संसदीय उपसमितिले सोमबार (वैशाख १५) प्रतिवेदन बुझाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन संयोजक रहेको उपसमितिले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएको हो ।

समिति सदस्य एवं नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले प्रतिवेदनमा थप राय व्यक्त गरेका छन् । विमानस्थल उद्घाटन र हस्तान्तरण कुन आधारमा किन र कसरी गरियो भन्ने विषय समेत यकिन गरी कानुनी कारबाहीका निम्ति सिफारिस गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

उक्त उपसमितिमा बास्कोटासँगै सांसदहरू लेखनाथ दाहाल, अर्जुननरसिंह केसी, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro