site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार फेरि दमनमा उत्रियो : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले सरकार फेरि दमनमा उत्रिएको भन्दै आलोचना गरेकी छन् । सोमबार (वैशाख १५) प्रतिनिधिसभा बैठकमा उनले सरकारको आलोचना गरेकी हुन् ।

उनले आइतबार शिक्षक आन्दोलनमा सरकारले आफैँ घुसपैठ गराएर लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरी ६२ शिक्षकलाई घाइते बनाएको आरोप लगाइन् । “सरकार फेरि दमनमा उत्रिएको छ । हिजो शिक्षक आन्दोलनमा आफैँ घुसपैठ गराएर शिक्षकहरूमाथि निर्मम रूपमा लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यासको प्रयोग गरेर ६२ जना शिक्षकहरूलाई घाइते बनाएको छ,” उनले भनिन्, “महिला शिक्षकहरूमाथि पनि अत्यन्तै दुर्व्यवहारपूर्वक लाठीचार्ज गरेर उनीहरूलाई पनि घाइते बनाएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गएको चैत १५ गते सरकारले एक पत्रकारको हत्या गरेको उनको भनाइ थियो । शिक्षकको प्रदर्शनका क्रममा हिजो पत्रकार सविना कार्कीलाई सरकारले घाइते बनाएको उनले बताइन् ।

“सोही घटनामा हिजो प्राइम टेलिभिजनका पत्रकार सविना कार्की पनि घाइते हुनुभएको छ,” उनले भनिन्, “चैत १५ गते यो सरकारले एक पत्रकारलाई मार्‍यो नै । अर्को पत्रकारलाई पनि घाइते बनाएर राखेको छ ।”

उनले विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकलाई पठनपाठनमा पठाउने वातावरण तयार गर्न सरकारलाई आग्रह गरिन् । प्रदर्शनका क्रममा घाइते भएका शिक्षक र पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न उनले माग गरिन् ।

उनले आन्दोलनरत आवासीय चिकित्सकलाई उनीहरूका माग पूरा गरेर अस्पताल पठाउने वातावरण तयार गर्न पनि सरकारसँग माग गरिन् । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्