site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसीका अवरुद्ध सातमध्ये चार सडक आंशिक खुला

विराटनगर । भारी वर्षासँगै बाढीपहिरो र कटानका कारण कोसी प्रदेशका विभिन्न चार जिल्लामा सात सडक अवरुद्ध छ । तीमध्ये चारवटा वैकल्पिक र आंशिक रूपमा सञ्चालनमा ल्याइएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६, नमस्ते झरनाछेउमा पहिरोले सडक अवरुद्ध छ । त्यहाँ सडक एकतर्फ सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । 

Argakhachi Cement Island Ad

साँगुरीगढीकै फेदीमा लेउती खोलाले करिब १०० मिटर सडक कटान गर्दा कोसी राजमार्ग शनिबार (जेठ १७) दिनभर अवरुद्ध थियो । साँझदेखि भने सडक एकतर्फी सडक खुलाइएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

साँगुरीगढी–५, डाँडाबजारखण्डको छरुवा खोलामा बाढीले तमोर करिडोर अवरुद्ध छ । यसको वैकल्पिक मार्ग छैन ।

साँगुरीगढीकै लुम्फाजुङ कुहिभीर, ढाडेडाँडामा पहिरो खसेको छ । पहिरोका कारण अवरुद्ध बनेको रविराँक सडक प्रहरीले खुलाएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१, नयाँपुल खोलामा पहिरो खस्दा सडक अवरुद्ध छ । यसको पनि वैकल्पिक मार्ग छैन ।

इलामको माई नगरपालिका–७ स्थित सडकमा पहिरो खस्दा अवरुद्ध बाटो खुलाइएको छ ।

उदयपुरको बेलका नगरपालिका–८, कोठुखोला कच्ची सडकखण्डमा पहिरो खस्दा बाटो अवरुद्ध छ । यसको पनि वैकल्पिक मार्ग छैन ।
 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्