site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्ड, तत्कालीन सभामुख सापकोटासहित यी नेताप्रति ओलीले लगाए आरोप

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बचाउन नेकपाकालमा केही अराजनीतिक कदम चाल्नुपरेको बताएका छन् । शनिबार (जेठ १७) काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाविधेशनमा उनले यस्तो बताएका हुन् ।

उनले एमाले पार्टी फुटाउन तत्कालीन समयमा देशी–विदेशी शक्ति लागिपरेको जिकिर गरे । आफूले एमालेलाई सकिनबाट जोगाएको उनले बताए । तर, तत्कालीन समयमा कुन कदम अराजनैतिक थियो भन्ने उनले स्पष्ट पारेनन् ।

Argakhachi Cement Island Ad

उनले नेकपा (एकीकृत समाजावदी)का अध्यक्ष माधवकुमार नेपाललक्षित पनि टिप्पणी गरे । पार्टी फुटाएर गएर एकीकृत बनाउने ? भन्दै उनले कटाक्ष गरे ।

उनले एकता अभियानका संयोजक वामदेव गौतमप्रति पनि कटाक्ष गरे । पार्टी एकजुट राख्नेतिर नउभिने, फुटाउन हुँदैन नभन्ने अनि एकता अभियान चलाउने भनेर फुस्रो नारा दिँदै विभाजनमा मद्दत गरेको गौतमप्रति उनले आरोप लगाए ।

ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाकालमा अध्यक्ष भएर पार्टी फुटाउने काम गरेको आरोप लगाए ।

उनले तत्कालीन सभामुख अग्नि सापकोटाले पनि सभामुख भएर असंवैधानिक कदम चालेको आरोप लगाए ।

स्वास्थ्यकर्मी महासंघको महाविधेशनमा प्रधानमन्त्री ओलीको भनाइ पढ्नोस्–
हामी विभाजित हुन हुँदैन । यो सबै जातजातका कुरा, धर्म धर्मका कुरा, भाषा भाषामा, भूगोल भूगोलमा, खोलावारि र पारिमा, भिरालो र सम्ममा बस्ने । गैराबारी र डाँडाघरेका बीचमा । यो त खोलावारि खोलापारि । यताबाट पनि काली पारि, उताबाट पनि काली पारि । उताकोले यताकोलाई खराब भन्छ, यताकाले उतकोलाई भन्छ । यस्तो किन गरे भन्दा देशलाई अहित गर्नको लागि । त्यस बेलामा हामीले राष्ट्रिय एकताको अभियान चलायौँ । अहिले पनि गर्नेछौँ । नेकपा (एमाले) सिध्याउने देशी–विदेशीको एउटै उद्देश्य थियो । त्यसमा नसकेपछि त्यसको वाहक पार्टीभित्रकै नेता भएनन् । प्रचण्ड नै हो पार्टी फुटाउने ! सभामुख भएर गर्नसम्म गर्ने तिनै अग्नि सापकोटा हुन्, असंवैधानिक ढंगले चल्ने । यिनीहरू नै त हुन् नि ! माधव नेपाल, झलनाथ खनाल । पार्टी फुटाउने बेलामा वामदेव गौतम राष्ट्रिय एकताको महाअभियान चलाउने अरे ! पार्टी फुटाका फुटाई छन्, एकताको महाअभियान अरे ! पार्टी एकजुट राख्नेतिर नउभिने, पार्टी फुटाउन हुँदैन भन्नेतिर नउभिने अनि एकता अभियान चलाउन हुँदैन भन्ने । फुस्रो नारा दिएर विभाजनमा मद्दत पुर्‍याउने । पार्टी फुटाउने अनि एकीकृत पार्टी भन्ने ! नाम एकीकृत राख्ने । माधव नेपालको पार्टीको नाम हेर्नुस् त, पार्टी फुटाएर गएर एकीकृत बनाउन खोजेको हो त्यो ? पार्टीभित्रकै मान्छेहरू । पहिला पनि तल कार्यकर्ताबाट समस्या परेको होइन, मञ्चासीनहरूबाट परेको हो । छेउमा बस्ने अध्यक्ष, पार्टी नफुटाई नसक्ने । अर्को पूर्वअध्यक्ष, अर्को एकल अधिकार सम्पूर्ण भएका बेलाको १५ वर्षको महासचिव । अर्को उपमहासचिव, उपाध्यक्ष, अर्को उपाध्यक्ष, अर्को स्थायी कमिटी सदस्य । त्योभन्दा तलका पार्टी नफुटाऊँ भन्थे । तर के गर्नु, कसैसँग साइनो पर्छ । कसैसँग छिमेकी पर्दिन्छ, । कोही साथीभाइसंगी पर्छ । यस्तो कुराले पनि केही वचन हार्न सकिनँ भनेका भरमा पनि जान्छन् । यस्ता कुराले अराजनीतिक कदम पनि कहिलेकहिले चालिन्छ । केही मान्छे एकातिर झुन्ड हुन्छन् । पहिला त्यस्तै हो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्