site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस सधैँ द्वन्द्व मेटिने र पहिचान भेटिनेमा विश्वास गर्छ : कोइराला
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सधैँ किराँत समुदायसँगै रहेको बताएका छन् । कांग्रेसले सधैँ द्वन्द्व मेटिने र पहिचान भेटिने विषयमा विश्वास गर्ने उनले स्पष्ट पारे ।

संविधानसभाबाट संविधान बन्ने समयमा आफूले पहिचान र समावेशी समानुपातिकको विषय उठाएको उनले बताए ।

शनिबार (जेठ १७) खोटाङमा आयोजित एक कार्यक्रममा उनले हलेसी महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आफूले सक्दो पहल गर्ने समेत बनाएको कोइरालाको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्