site stats
बाह्रखरी :: Baahrakhari
देश
डाइभर्सन बनाएर ‘एसियन हाइवे’ सञ्चालनमा

झापा । अविरल वर्षासँगै आएको बाढीले बगाएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन ‘एसियन हाइवे’को पूर्वी खण्डमा डाइभर्सन बनाएर यातायात सेवा सञ्चालन गरिएको छ ।

एसियन हाइवेको पूर्वी खण्डका इन्जिनियर आश्रय महतका अनुसार, मेचीनगर नगरपालिकाभित्र पर्ने कालीखोला र ढुकुरेखोलाको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएको थियो । दुवै स्थानमा डाइभर्सन बनाएर यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।

Argakhachi Cement Island Ad

यस्तै, चारआली जंगल क्षेत्रमा वन्यजन्तुका निम्ति निर्माणाधीन ‘एनिमल अन्डरपास’अन्तर्गतको डाइभर्सन पनि पुनर्निर्माण गरिएको छ । आउँदो १५ दिनभित्रमा निर्माणाधीन आयोजनाका सबै डाइभर्सन हटाई कल्भर्टमाथि दुई लेनबाट यातायात सञ्चालन हुने गरी काम भइरहेको इन्जिनियर महतले जानकारी दिए ।

बाढीले डाइभर्सन बगाएपछि शनिबार (जेठ १७) बिहानदेखि पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको थियो । रासस

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्