site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कश्मीर आक्रमणमा मुस्किलले बाँचेका कुलदीपले के भने ?
तस्बिर : एपी ।

काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाबाट मुस्किलले बाँचेका कुलदीपले उक्त घटनाबारे बताएका छन् । कुलदीपले समाचार एजेन्सी पीटीआईसँग उक्त दिन के भएको थियो भनेर बताएका छन् ।  

“हामी १७ अप्रिलमा जम्मू पुग्यौँ । जम्मूबाट हामी श्रीनगर,  त्यसपछि १८ तारिखमा गुलमर्ग र त्यसपछि सोनमर्ग गयौँ,” कुलदीपले भने, “घटना भएको ठाउँमा हामी खेलिरहेका थियौँ । रिलहरू बनाइरहेका थियौँ । हामी बच्चाहरूसँग रमाइलो गरिरहेका थियौँ । नजाकत मेरा बच्चाहरूसँगै थिए । अचानक गोली चलेको आवाज सुनियो ।” 

उनले फेरि आवाज आएपछि श्रीमतीलाई गोली चलेको बताए । “हामीले जंगलतिर हेर्दा, बन्दुक बोकेको एकजना मानिस अर्कोसँग कुरा गरिरहेको देख्यौँ,” उनले भने, “मैले मेरो बच्चालाई उठाएँ र आक्रमणकारीबाट विपरीत दिशामा दौडेँ ।”

कुलदीपले आफ्ना बच्चाहरूलाई उठाएर ६ फिटको रेलिङ पार गरे । तर, उनकी श्रीमती र भाउजूले त्यो रेलिङ पार गर्न सकेनन् । 

“मेरी श्रीमतीले हामीलाई बच्चाहरू लिएर भाग्न भनिन् र हामी लगभग १२ देखि १३ किलोमिटर दौड्यौँ,” उनले भने । 

कुलदीपले केही समयपछि आफ्नी श्रीमती सुरक्षित रहेको फोन आएको बताए । उनलाई उक्त समय स्थानीयले सहयोग गरेको उनले बताएका छन् । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro