site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्राइडे रिलिज : हलमा ‘भूठान’ र ‘खेल’

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । चलचित्र ‘भूठान’ र ‘खेल’ एकै दिन प्रदर्शनमा आएका हुन् । 

‘भूठान’लाई विनोद पौडेलले निर्देशन गरेका छन् । कथा पनि उनी आफैँले लेखेका छन् । 

अंग्रेजीमा ‘द वर्ल्डस ह्याप्पिएस्ट म्यान’नाम रहेको यो चलचित्रमा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । चलचित्रमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको अभिनय छ । 

चलचित्र ‘खेल’लाई अनुराग प्रधान र आस्था श्रेष्ठले निर्देशन गरेका छन् । चलचित्रमा सुरक्षा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतमलगायतको अभिनय छ । 

चलचित्रको कथा आशिषराज महर्जनले लेखेका छन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro