site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षकहरूको दैनिकी : दिउँसो आन्दोलन, बेलुका सरकारसँग वार्ता
फाइल तस्बिर ।

काठमाडौं । देशभरका शिक्षकहरू विभिन्न माग राख्दै काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । उनीहरूले आन्दोलन सुरु गरेको २३ दिन बितिसकेको छ । उनीहरूले दिउँसो आन्दोलन गर्ने र बेलुका वार्ता गर्ने गरेका छन् ।

शुक्रबार (वैशाख १२ गते) बोलाइएको संसद् बैठकको पहिलो दिन विद्यालय शिक्षा विधेयक टेबल भए मात्रै आन्दोलनको मोडालिटी परिवर्तन गर्ने भन्दै आन्दोलन झनै चर्काएका छन् ।

नेपाल शिक्षक संघका केन्द्रीय महासचिव तथा नेपाल शिक्षक महासंघ वार्ता टोलीका सदस्य ज्ञानेन्द्र रावलले हरेक दिन साँझ सरकारका पदाधिकारीहरूसँग वार्ता हुने गरेको बताए ।

“हामी निरन्तर सरकारसँग वार्तामा छौँ । वार्ता सकारात्मकउन्मुख भइरहेको छ । शिक्षकका मागहरूमा सरकारले जायज/नाजायज भनेर भन्न पाउँदैन । शिक्षकका सबै माग जायज छन्,” उनले बाह्रखरीसित भने ।

ईसीडीका शिक्षकको तलब १७ हजार ३०० बनाउने, ग्रेड समायोजन, दुर्गम भत्ता उपलब्ध गराउने, मर्यादाक्रम कायम गर्ने, सामाजिक सुरक्षा कोषको नयाँ प्याकेज बनाउने, हाललाई निजामती अस्पतालबाट शिक्षाको उपचारमा छुटको व्यवस्था गर्नुपर्ने बुँदाहरूलाई मन्त्रिपरिषद्‌बाट पास गर्नुपर्ने र अन्य मागहरूलाई निर्णय गरेर ऐन बनाउनुपर्ने उनीहरूको माग छ ।

शिक्षा मन्त्रालय सातवटा बुँदा परिषद्‌बाट पास गर्न तयार छ । तर, मन्त्रिपरिषद् सर्त राखेर पास गर्न तयार हुँदा शिक्षकहरूले असन्तुष्टि जनाइरहेका छन् ।

परिषद्‌मा प्रस्ताव लैजानुअघि शिक्षक महासंघले आन्दोलन रोक्नुपर्ने सर्त मन्त्रालयको छ । तर, शिक्षकहरूले आन्दोलन झनै कडा बनाइरहेका छन् ।

“हाम्रो आन्दोलन जारी छ । सरकारले ऐन जारी गरेको दिन नै आन्दोलन रोक्छौँ । शिक्षक विधेयकबारे १६३ सांसदमध्ये १३० सांसदको छलफल सकिएको छ । बाँकीको अबको वार्ताबाट सकाउँछौँ । वार्ता पनि जारी छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro