site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्सामा भारतीय मोबाइल सिग्नल बुस्टर प्रहरीद्वारा जफत 

काठमाडौं । भारतीय मोबाइल सेवा प्रदायकहरुको मोबाइल सिग्नल बुस्ट गरी स्वदेशी मोबाइल सेवा प्रदायक कम्पनीहरुको नेटवर्क गुणस्तरमा बाधा पुर्‍याउने काम गरिरहेको पाइएपछि प्रहरीले पर्सामा (मोमाइल सिग्नल) बुस्टरहरु जफत गरेको छ ।

यस्ता बुस्टरहरु राखेर भारतीय मोबाइल सेवा प्रदायक कम्पनीहरुको अवैध रेडियो फ्रिक्वेन्सी सिग्नल (मोबाइल सिग्नल) प्रयोगमा ल्याएर सरकारको आम्दानी तथा  राजश्वमा हानि पुगेको पाइएपछि जफत गरिएको प्रहरीले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सहयोगमा जिल्ला प्रहरी कार्यलय पर्साले वीरगन्जको आदर्शनगरमा हालैमात्र चारवटा मोबाइल सिग्नल बुस्टरहरु जफत गरेको हो ।  यी बुस्टरहरुको प्रयोगले फ्रिक्वेन्सी इन्टरफेरेन्स भई नेपाली मोबाइल सेवा प्रदायकहरुको भ्वाइस सेवाको गुणस्तर खराब हुनुका साथै डाटाको गति कम भएको थियो । 

त्यसैगरी सेवा प्रदायकका लागि आम्दानीमा असर र सरकारको राजश्व चुहावट भइरहेको थियो ।  

सीमावर्ती क्षेत्रहरुमा विदेशी दूरसञ्चार सेवा प्रदायकहरुको सेवा प्रयोग गर्न मोबाइल सिग्नल बुस्टर तथा एमप्लिफायरको प्रयोग भइरहेको प्राप्त जानकारीको आधारमा पर्सा प्रहरीले यी बुस्टरहरु नियन्त्रणमा लिएको हो ।  

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार यी बुस्टरहरुले भारतीय मोबाइल सेवा प्रदायक एयरटेल र जियोजस्ता कम्पनीका सीम स्थानीय रूपमा सजिलै चलाउनका लागि सिग्नल स्ट्रेन्थ बढाउन काम गर्दै आएका थिए ।

प्रचलित रेडियो ऐन, २०१४ तथा दूसञ्चार ऐन, २०५३ अनुसार अनुमतिबिना यस्ता उपकरणहरु प्रयोग गर्नु गैरकानुनी हो । 

गत महिना नेपाल दूरसञ्चार प्राधिकरणले रेडियो फ्रिक्वेन्सी सिग्नल (मोबाइल सिग्नल) बुस्टर तथा एमप्लिफायरको अवैध रुपमा प्रयोग भइरहेको भन्दै त्यस्तो कार्य नगर्न/नगराउन चेतावनी दिएको छ । 

प्राधिकरणका अनुसार नेपालका बारा र पर्सा जिल्लाका केही सीमावर्ती क्षेत्रहरुमा विदेशी दूरसञ्चार सेवा प्रदायकहरुको सेवा प्रयोग गर्न सिग्नल स्ट्रेन्थ बढाउने गरी मोबाइल सिग्नल बुस्टर तथा एमप्लिफायरको प्रयोग भइरहेको जानकारी प्राप्त भएको थियो ।

पर्साका सीमावर्ती स्थानहरुमा अझै तीन दर्जन बढी त्यस्ता बुस्टरहरु प्रयोगमा रहेको नेपाली मोबाइल सेवा प्रदायकहरुको आकलन रहेको छ ।  यस्ता बुस्टरहरुको संचालनले देशभित्रै भारतीय मोबाइल सेवा प्रदायकको सेवा उपलब्ध गराउँदछ जुन कानुन विपरीत हो ।

jafat-1745475015.JPG
 

प्राधिकरणको अनुमति बिना कुनै पनि संघ, संस्था वा व्यक्तिले रेडियो फ्रिक्वेन्सी सिग्नल बुस्टर तथा एमप्लिफायरको प्रयोग गर्नु रेडियो ऐन, २०१४ को दफा ३ तथा दूसञ्चार ऐन, २०५३ को दफा २१ को प्रावधान विपरीतको कार्य हो । 

नेपाली टेलिकम कम्पनीहरुले मोबाइल टावर राख्न नमिल्ने र ग्राहकहरुको धेरै चहलपहल हुने स्थानहरु जस्तै अस्पताल, मलहरुमा प्राधिकरणको अनुमति बमोजिम यस्ता बुस्टरहरु राख्ने गरेको पाइएको छ । प्राधिकरणबाट अनुमति नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न पाइँदैन । यसो गरेको खण्डमा प्राधिकरणले पाँच लाखसम्मको जरिबाना गर्न सक्ने व्यवस्था छ ।

त्यसैगरि रेडियो ऐन, २०१४ ले लाइसेन्स नलिई रेडियो यन्त्र राख्न, बनाउन र प्रयोग गर्न बन्चित गरेको छ । 

यस्तो कसुर गरेमा नेपाल सरकार वा सरकारले तोकिदिएको अधिकारीले त्यस्तो रेडियो यन्त्र जफत गरी रेडियो यन्त्र राख्ने, बनाउने वा प्रयोग गर्ने व्यक्तिलाई रेडियो यन्त्रको बिगो कायम गरी बिगो बमोजिम जरिबाना गराउन सक्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro