site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसईईको औचित्य छैन, सरकारले विचार गर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को औचित्य नभएको टिप्पणी गरेका छन् । सोमबार (वैशाख ८) काठमाडौंमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको सम्मेलनमा उनले ‘फेल’ गरेर विद्यार्थीको भविष्यमाथि तरबार झुन्ड्याउन नहुने बताए । 

“एसईईको औचित्य पनि देखिराखेको छैन । खुरुखुरु अरू कक्षाजस्तै... । त्यो एसएलसी त भएन । उच्च शिक्षामा प्लस टु भइसकेपछि त एसएलसीको सक्यो भने एसईई किन राख्या ? त्यसको आवश्यकता देखिँदैन । यसतर्फ पनि सरकारले विचार गर्छ,” उनले भने ।

अरूजस्तै १० कक्षाको परीक्षा लिँदा हुने उनले बताए । “कक्षाले नै परीक्षा सञ्चालन गरे पुगिहाल्छ । अनावश्यक केन्द्र भन्या छ । अतिरिक्त खर्च भन्या छ । अनावश्यक तनाव झेलेको छ । त्यो सबै एसईईका लागि किन गर्नुपर्‍यो ? र, विद्यार्थी फेल गर्दिएर मारमुंग्री चलाउने संस्था किन चाहियो ? विद्यार्थीलाइ स्मुथली पढ्न दिने वातावरण बनाउनुपर्छ,” उनले भने ।

प्रधानमन्त्री ओलीले आफूले ५२ प्रतिशत फेल गराउने भनेकामा शिक्षकले चित्त दुखाउन आवश्यक नरहेको समेत बताए । “५२ प्रतिशत फेल गराउने भन्यो भनेर कतिपयले चित्त दुखाउनुभयो भन्ने सुनेको छु । यो चित्त दुखाउने कुरा होइन । गत वर्ष ५२ प्रतिशत विद्यार्थी फेल भए, त्यो दुःखलाग्दो कुरा हो,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro