site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस बैठकको निष्कर्ष– गठबन्धन दलबीच थप समन्वय र सन्तुलन चाहियो

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले सरकारको प्रभावकारिता बढाउनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकबाट कांग्रेसले सरकारले सशक्तरूपमा काम गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

“सरकारको पर्फमेन्स अझ बेटर (राम्रो) हुनुपर्छ । गठबन्धन दलबीच समन्वय हुनुर्‍यो र सन्तुलन पनि हुनुपर्‍यो,” बैठकपछि प्रवक्ता प्रकाशरण महतले भने, “अझ सशक्तरूपमा डेलिभरी दिन सक्नुपर्छ र तालेमल मिल्नुपर्छ भनेर साथीहरूले राख्नुभयो ।”

सरकारको कामलाई थप प्रभावकारी बनाउन कांग्रेस नेतृत्वले प्रधानमन्त्रीसँग संवाद गरिरहेको र सुधारका लागि छलफल भइरहेको उनको भनाइ छ ।

“यस सम्बन्धमा नेतृत्वले कुरा गरिराखेको छ,” महतले भने,  “जहाँ सुधारको आवश्यकता छ, जहाँ थप समन्वयको आवश्यकता छ, त्यो कुरा हुन्छ गराउँछौँ ।”

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्