site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आगामी बजेटबारे एमालेले प्रधानमन्त्रीलाई बुझायो सुझाव 

काठमाडौं । नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा प्रधानमन्त्री केपी ओलीलाई सुझाव हस्तान्तरण गरेको छ ।

बुधबार सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सुझावपत्र हस्तान्तरण गरेका हुन् । 

एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यसप्रकारको सुझाव दिए पनि त्यसबेला अघिल्लो सरकारबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिएको महासचिव पोखरेलले बताए । 

उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्गकेन्द्रित संकल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिइएका सुझाव पनि कार्यान्वयनका आउन बाँकी रहेको जानकारी गराए । 

सुझाव बुझ्दै प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय विभागको रायसमेतका आधारमा दिएको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro