site stats
बाह्रखरी :: Baahrakhari
देश
इसेवाको एक करोडभन्दा बढी रकम चोरी गर्ने युवा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । प्रहरीले इसेवाको रकम चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । फिसिङ लिंक पठाइ इसेवाको रकम चोरी गर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का २२ वर्षीय राहुल बुढालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनी काठमाडौंको अनामनगर बस्दै आएको खुलेको छ ।

विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिंक पठाई खाताको रकम चोरी गर्ने गरेको खुलेको हो ।

प्रहरीका अनुसार, उनले चार हजारभन्दा बढी व्यक्तिहरूको इसेवामा रहेको एक करोड दुई लाख रुपैयाँ चोरी गरेको खुलेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका बुढालाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
 

 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्