site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा चार देशका स्टल बुकिङ  
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी २५ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना गर्दै छ । उक्त मेलाका निम्ति चीन, भारत, पाकिस्तान, र बंगलादेशका स्टल बुकिङ भएका छन् । यस्तै वस्तुगत संघका स्टलहरू समेत बुकिङ भइसकेका छन् ।

महासंघले प्रत्येक वर्ष नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएको छ । यो अन्तराष्ट्रिय व्यापार मेलाको १०औँ संस्करण हो । 

मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापानलगायत देशका क्रेतालाई आमन्त्रण गरिएकोमा हालसम्म चीन, भारत, पाकिस्तान, बंगलादेशका व्यवसायीबाट स्टल बुकिङ भइसकेको आयोजकले जनाएका छन् । मेलामा ‘मेड इन नेपाल’ पेभेलियन तथा वस्तुगत संघहरूको पेभेलियन रहनेछ ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टका रूपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ । 

महासंघले ०८१ चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरेको थियो । मेलामा कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिनेछ । महासंघका अनुसार नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल सो, हस्तकला उत्पादन, वस्तुगत संघका उत्पादन साथै चारपांग्रे र दुईपांग्रे विद्युतीय गाडी (ईभी) समेत राखिनेछ । 

मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य आयोजकको छ । 

मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निमार्णसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टल राखिनेछन् । 

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ ।

महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षजस्तै मुलुकभित्र प्रादेशिक, जिल्ला स्तर एवं वस्तुगत गरी विभिन्न भागमा मेला आयोजना हुने क्रममा छ । विभिन्न जिल्लामा आयोजना भएका मेलामा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआईटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
  
राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्‍याउने विश्वास महासंघले लिएको छ ।

मेलामा ज्येष्ठ नागरिक तथा फरक रूपले सक्षम नागरिकलाई निःशुल्क तथा विद्यार्थीलाई ५० प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro