site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सुडानमा विद्रोही समूहको आक्रमणमा ४०० सर्वसाधरणको मृत्यु  

काठमाडौं । सुडानमा विद्रोही समूहले गरेको आक्रमणमा चार सयभन्दा बढी सर्वसाधरण मानिस मारिएका छन् । 

संयुक्त राष्ट्रसंघका अनुसार सुडानको उत्तर डारफोर क्षेत्रमा अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)द्वारा हालै गरिएका आक्रमणमा चार सयभन्दा बढी मानिस मारिएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

गत हप्ता, आरएसएफले सुडानी सेनाले नियन्त्रणमा रहेको दारफुरको अन्तिम राज्य राजधानी (एल–फासर सहर) कब्जा गर्ने प्रयासमा सहर वरिपरि भोकमरीको चपेटामा परेर विस्थापित शरणार्थी शिविरहरूमा जमिन र हवाई आक्रमण गरेको थियो ।

सुडानकोसेना र आरएसएफबीच अप्रिल २०२३ देखि नै शक्ति संघर्ष चल्दै आएको छ । यसले विश्वकै सबैभन्दा ठूलो मानवीय संकट सिर्जना गर्दै लाखौंलाई घर छोड्न बाध्य बनाएको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले बिहीबारदेखि शनिबारसम्म १४८ जनाको मृत्यु प्रमाणित गरेको । मृतकको संख्या अझै धेरै हुनसक्ने राष्ट्रसंघले बताएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro