site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजालाई एमालेले भन्यो– ‍‍'व्यर्थको प्रयत्न'मा नलाग्नुस्, तपाईंको शासन देखिसक्यौँ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले राजतन्त्र पुनर्स्थापना गर्ने 'व्यर्थको प्रयत्न'मा नलाग्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेको छ । सोमबार च्यासलमा बसेको पार्टी सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जनताले अस्वीकार गरिसक्दा पनि पूर्वराजा शाहले नबुझेको बताए ।

"उहाँ (पूर्वराजा शाह)को मनमा अझै पनि मुलुकको अहिलेको गणतान्त्रिक प्रणालीलाई बदल्न सकिन्छ कि भन्ने आशा देखिन्छ त्यो व्यर्थको कुरा हो । त्यो ढंगका कुनै पनि प्रयासमा उहाँ नलागे हुन्छ," ज्ञवालीले भने ।

उपमहासचिव ज्ञवालीले पूर्वराजा शाहले 'जनताको असन्तुष्टि नसुन्ने कुनै पनि तन्त्र नहुने' भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए ।

UML-Sachibalaya-1744614376.jpg
"उहाँले शासन चलाएको बेला के थियो, मान्छेले देखिसकेका छन् । तपाईं हामी यहाँ सबै जीवित छौँ के थियो त त्यसो भए त्यो ? त्यसकारणले उहाँको नेतृत्वको त्यो तन्त्रले जनताका सारा अधिकार खोसेका कारणले, पटकपटकका सम्झौता उल्लंघन गरेकै कारणले नेपाली जनताले अहिलेको व्यवस्था ल्याएका हुन्," उनले भने ।

ज्ञवालीले चैत १५ गतेको तीनकुने घटनापछि पनि पूर्वराजा शाहमा कुनै पश्चाताप नरहेको बताए । 

"उहाँको मनमा अझै पनि त्यत्रो ठूलो दुर्घटना घट्यो, नेपाली जनताले त्यसलाई अस्वीकार गरिसके, यो अनावश्यक व्यर्थको प्रयत्न रहेछ । हिजोको बाटो पनि गलत रहेछ, मैले जिम्मा दिएका पात्रहरू पनि गलत रहेछन् भनेर रिग्रेट भएन । एउटा नागरिकको हैसियतले म अहिलेको मुलुकको प्रणालीलाई सहयोग गरेर अगाडि बढ्छु भन्नुपर्नेमा उहाँले गर्नुभएन," ज्ञवालीले भने ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro