site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन हितेन्द्रले गरे उद्योगीसँग छलफल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको अतिरिक्त बक्यौता उठाउन तयारी थालेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार बक्यौता बाँकी रहेका प्रमुख उद्योगीलाई प्राधिकरणमा बोलाएर छलफल गरका हुन् ।

प्राधिकरणको बोर्ड बैठकले पुनरवलोकन शुल्क पाँच प्रतिशतमा घटाएपछि उद्योगीले सकारात्मकरूपमा लिएको प्राधिकरणले जनाएको छ ।

छलफलमा कार्यकारी निर्देशक शाक्यले विद्युत् सेवा नियमित र भरपर्दो गर्न एकातिरको आपूर्ति अवरुद्ध हुँदा अर्कोतिरबाट लाइन दिन मिल्ने व्यवस्था गर्न लागेको बताएका छन् । यसका लागि पैसा र समय दुवै चाहिने भएकाले तत्काल गर्न नसकिने पनि उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका उद्योगीहरूका प्रतिनिधि पशुपति मुरारकाले उद्योगीहरू पहिले पनि गलत नभएको र आगामी दिनमा पनि गलत हुन नसक्ने दाबी गरे । उनले छलफलमा भएको सहमतिअनुसार पुनरवलोकनमार्फत विवाद समाधानमा अघि बढ्न प्राधिकरणलाई सघाउन आफूहरू तयार रहेको बताए ।

छलफलमा सिमेन्ट उद्योगीको प्रतिनिधि ध्रुव थापाले मन्त्रिपरिषद्, संसद्को लेखासमिति, विद्युत् नियमन आयोग र लाल आयोगसमेत सबैजसो निकायको निर्देशन प्रयोग गरेको विद्युत्‌को महसुल तिर्नु भन्ने नै रहेको भन्दै आफूहरूले प्रयोग गरेको विद्युत् महसुल तिर्न तयार रहेको बताए ।

बैठकमा कार्यकारी निर्देशक शाक्यले विगतका कुरामा धेरै नगई विषयलाई समाधान गर्नेतर्फ अघि बढ्नु प्राधिकरण र औद्योगिक ग्राहकको हितमा हुने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro