site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सालाह र लिभरपुलबीचको सम्झौता नवीकरण, थप दुई वर्ष एन्फिल्डमा बस्ने

काठमाडौं । इजिप्टका फरवार्ड मोहम्मद सालाह र इंग्लिस क्लब लिभरपुलबीचको सम्झौता नवीकरण भएको छ । लिभरपुलले ३२ वर्षीय फरवार्डसँगको सम्झौता दुई वर्षका निम्ति नवीकरण गरेको हो ।

“म निकै उत्साहित छु । हामीसँग यसअघि पनि राम्रो टिम थियो । मैले थप उपाधि जित्ने सम्भावनाका कारण सम्झौता थप गर्ने निर्णय लिएँ । मैले यहाँ आठ वर्ष खेलिसकेको छु र आशा छ यो १० वर्षसम्म पुग्ने छ,” सम्झौतापछि सालाहले भने ।

जारी सिजन सालाहले सबैखाले प्रतियोगितामा गरी ३२ गोल गरिसकेका छन् । उनले लिभरपुलबाट आठ सिजन खेल्दा ३९३ खेलमा २४३ गोल र १०९ असिस्ट गरिसकेका छन् ।

उनी सन् २०१७ मा इटालियन क्लब रोमाबाट लिभरपुलमा अनुबन्धित भएका थिए । त्यसयता उनले लिभरपुलबाट च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप र फिफा विश्वकपको उपाधि जितिसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro