site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रिय महिला तथा पुरुष स्केटबोर्ड प्रतियोगिता हुने

काठमाडौं । आठौँ राष्ट्रिय महिला तथा पुरुष स्केटबोर्ड प्रतियोगिता वैशाख ५ गतेदेखि हुने भएको छ ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा टोखाको स्केटर्स नेपाल स्केटपार्कमा दुईदिने प्रतियोगिता हुन लागेको हो । नेपालमा २०७० सालमा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएदेखि निरन्तर विभिन्न प्रतियोगिताहरु हुँदै आएका छन् ।

मंगलबार संघले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । यस प्रतियोगितामा फ्रिस्टाइल विधामा बेस्ट ट्रिक र बेस्ट रन  खेलाइने संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए ।

यसअघि विराटनगर, बुटवल, पोखरा र काठमाडौंमा विभिन्न राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता सम्पन्न भइसकेका छन् । काठमाडौंमा दोस्रोपटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो । नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेलप्रति रुची राख्ने धेरै युवा पुस्ता बढेसँगै राष्ट्रव्यापी रुपमा जिल्ला,  प्रदेश र राष्ट्रियस्तरका कार्यक्रम गर्दै आइरहेको संघले जनाएको छ । यस राष्ट्रिय स्केटबोर्ड प्रतियोगितामा कुल २५० पुरुष र १५० महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

वैशाख ५ गते छनोट चरणको खेल हुने र फाइनल  प्रतिस्पर्धा हुने तय गरिएको छ । पुरुष र महिला दुवैतर्फ प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस प्रतियोगिताबाट छनोट भएका खेलाडीले कोरियामा हुने एसियन रोलर स्पोट्र्स च्याम्पियनसिपमा सहभागिता जनाउने संघका अध्यक्ष खनालले जानकारी दिए ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro