
काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेडले श्री टुसाल युवा क्लबविरुद्ध फराकिलो जित निकालेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा वीरगन्जविरुद्ध ४–१ को फराकिलो जित निकालेको हो ।
वीरगन्जको जितमा विकास दास थारु, विक्रम ठोकर, विवेक चौधरीले गोल गरे । तुसालका दिपेश लिम्बूले एक गोल गरे पनि टोलीलाई हारबाट टार्न सकेनन् ।
वीरगन्जलाई जिताउन टोलीका विकास दास थारुको दुई गोल गरे । उनले १०औँ र इन्जुरी समयमा समान एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा विक्रमले अग्रतालाई दोबर बनाए । ५५औँ विकेकले जितका लागि तेस्रो गोल गरे ।
इन्जुरी समयमा टुसालका दिपेश लिम्बूले एक गोल फर्काए ।
जितसँगै वीरगन्जले तालिकाको शीर्ष चारमा स्थान कायम राखेको छ । वीरगन्जले तीन जित, दुई बराबरी र एक पराजयसहित ६ खेलमा ११ अंक बनाएको छ । पराजित श्री टुसालले भने दोस्रो हार खेप्दै तीन बराबरी र एक जितबाट ६ अंक बनाएको छ ।
त्यसअघि एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले रानी कर्नर टिम (आरसिटी)लाई १–० ले पराजित गरेको छ ।
प्लानिङ ब्वाइजको जितमा फागुराम थारुको गोल नै पर्याप्त बन्यो । फागु रामले आठौँ मिनेटमा प्राप्त पेनाल्टी अवसरमा गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफमा पाएको उक्त अग्रतालाई जोगाउँदै प्लानिङ ब्वाइजले जित निकालेको हो ।
जितसँगै प्लानिङ ब्वाइजले आफ्नो अपराजित यात्रा कायम नै राखेको छ । छैटौँ खेलमा पनि जित निकाल्दै प्लानिङले ६ खेलबाट कुल १६ अंक बनाएको छ । पराजित आरसिटी भने चौटो हार खेप्दै एक बराबरी र एक हारबाट चार अंकमा सीमित छ ।