site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उत्पादनमूलक उद्योगको क्षमता बढ्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । पछिल्ला दिनहरूमा उद्योगी व्यवसायीको मनोबल बढेको देखिएको छ । आर्थिक गतिविधि बढाउन सरकारले गरिरहेका सुधारको प्रभाव उत्पादनमूलक उद्योगमा देखिएको हो । नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको दोस्रो त्रैमासको सर्वेक्षणले यतो देखाएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा समग्र उद्योगको उत्पादन क्षमता ६२.३५ प्रतिशत रहेको छ । पहिलो त्रैमासमा समग्र उद्योगको क्षमता ६०.२६ प्रतिशत थियो । गत आर्थिक वर्षको चौथो त्रैमासमा समग्र उद्योगको क्षमता ६०.२६ प्रतिशत थियो ।

यो आर्थिक वर्षको दोस्रो त्रैमासको उत्पादनमूलक उद्योगको क्षमता ६८.७१ प्रतिशत छ । पहिलो त्रैमासमा यस्ता उद्योगको क्षमता ५०.६२ प्रतिशत थियो ।

सरकारले आर्थिक सुधारका लागि निजी क्षेत्रका कुरा सुन्दै गएको र त्यसका लागि फाउन्डेसन तयार भएकाले उद्योगी व्यवसायीको मनोबल बढेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल बताउँछन् ।

घट्दै गएको बैंकको ब्याज र सरकारको प्राथमिकताले गर्दा हाल उद्योगमा केही सुधार देखिँदै गएको उनी बताउँछन् । तर, अझै पनि धेरै गर्न बाँकी रहेको उनको भनाइ छ । “राष्ट्र बैंकको कसिलो नीतिले गर्दा उद्योगी व्यवसायी दबाबमा थिए । तर, अहिले राष्ट्र बैंकले पनि केही खुकुलो नीति ल्याएको छ,” उनले बाह्रखरीसित भने, “दोस्रो त्रैमासको तथ्यांकले पनि देखाएको छ । सुधार हुँदै जाँदैछ । यसको प्रवाद देखिन केही समय लाग्छ ।”

सीएनआईले ६४ वटा उद्योगमा यो सर्वेक्षण गरेको थियो । जसमा १८ हजार ४९६ कर्मचारी रहेको उल्लेख छ । यसअघिको पहिलो त्रैमासमा १८ हजार ५४४ कर्मचारी थिए ।

पहिलो त्रैमासमा औसत ब्याजदर ९.८६ प्रतिशत थियो । तर, दोस्रो त्रैमासमा ९.१८ प्रतिशतमा झरेको सर्भे पेपरमा उल्लेख छ । त्यस्तै, चालु पुँजी कर्जा ४३.१९ प्रतिशत गएको छ । पहिलो त्रैमासमा ३८.७२ प्रतिशत थियो । उद्योगमा लाग्ने कच्चा पदार्थको खपत पनि बढेको छ । पहिलो त्रैमासमा ३५.६४ प्रतिशत खपत थियो भने अहिले बढेर ५१.७२ प्रतिशत पुगेको तथ्यांक छ । त्यस्तै, उद्योगले ३२० नयाँ कर्मचारी भर्ना गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  २२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro