site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुडानको अल–फासेरमा झडप, ५७ जनाको मृत्यु
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

पोर्ट सुडान (सुडान) । सुडानका अर्धसैनिक र नियमित सेनाबीचको झडपमा घेराबन्दी गरिएको एल–फासेरको डार्फर सहरमा कम्तीमा ५७ नागरिकको मृत्यु भएको एक चिकित्सा स्रोत र एक स्वयंसेवी सहायता समूहले बिहीबार बताएका छन् ।

स्थानीय प्रतिरोध समिति, एक स्वयंसेवक सहायता समूहले सन् २०२३ अप्रिलदेखि सेनासँगको युद्धमा अर्धसैनिक र्‍यापिड फोर्सेस (आरएसएफ)ले बुधबार सहरमा गरेको झडप र गोलाबारीमा नागरिकहरू मारिएको बताएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार उत्तरी डार्फरको राजधानी एल–फासेर र नजिकैको विस्थापन शिविरहरूमा भएको आक्रमणमा आरएसएफले चार सयभन्दा बढीको ज्यान लिएको केही दिनपछि हिंसा भएको हो ।

लगभग एक वर्षदेखि आरएसएफले घेरा हालेको उत्तरी डार्फरको एल–फासेर अन्तिम प्रमुख सहरी गढ हो जुन अझै पनि सेनाको नियन्त्रणमा छ र आरएसएफका लागि रणनीतिक लक्ष्य हो ।

गत महिना सेनाले राजधानी खार्तुमलाई पुनः कब्जा गरेपछि आरएसएफले डार्फर सहरमा आक्रमण बढाएको छ ।

मंगलबार तेस्रो वर्षमा प्रवेश गरेको यो युद्धले दशौँ हजारको ज्यान लिएको छ, एक करोड ३० लाख विस्थापित भएका छन् र संयुक्त राष्ट्रसंघले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन संकटको रूपमा वर्णन गरेको छ ।

यसले देशलाई पनि दुई भागमा विभाजित गरेको छ । सेनाले मध्य, उत्तर र पूर्वमा कब्जा गरेको छ भने आरएसएफले लगभग सबै डार्फर र यसका सहयोगीहरूसँग दक्षिणका केही भाग नियन्त्रण गर्दछ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  २३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro