अर्थ व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म मुलुकको शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोड रुपैयाँ बचतमा रहेको छ ।
गत वर्षको यसै अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोड रुपैयाँ बचतमा थियो । गत वर्षको तुलनामा यो वर्ष शोधानान्तर बचत केही घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब २९ करोड बचतमा छ ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१ १७:२६
प्रतिक्रिया दिनुहोस्