site stats
बाह्रखरी :: Baahrakhari
देश
तीनकुनेमा आगजनी गरेको आरोपमा थप दुईजना पक्राउ 

काठमाडौं । तीनकुने क्षेत्रमा आगजनी र तोडफोड गरेको आरोपमा थप दुईजना पक्राउ परेका छन् । गत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट करोडौंको क्षति भएको थियो । 

नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिकाका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाका ३० वर्षीय जितबहादुर श्रेष्ठ छन् । 

Argakhachi Cement Island Ad

काठमाडौंका फरकफरक स्थानबाट पक्राउ परेका प्रतिवादीहरूलाई अपराधिक उपद्रव कसुर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट २० दिनको मिलान म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्