site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हर्क साम्पाङलाई ओलीको आश्वासन– धरानलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया आजैबाट अघि बढ्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न आज सिंहदरबार पुगेका सुनसरीको धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङसहितको टिमलाई ओलीले आजैबाट खानेपानीको प्रक्रिया अगाडि बढेको आश्वासन दिए ।

“धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि संघीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला,” प्रधानमन्त्री ओलीले भने ।

यसअघि नै संघीय सरकारले खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेको छ ।

यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्यान्डफिल्डसाइट बनाउनुपर्नेमा पनि जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro