site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यमनको निर्णायक गोलमा कुमारी क्लबको पहिलो जित

काठमाडौं । यमन महर्जनको निर्णायक गोलमा सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री कुमारी क्लबले पहिलो जित दर्ता गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा कुमारीले बाँसबारीलाई १–० ले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।

श्री कुमारीको जितमा यमनले गरेको गोल नै टोलीका निम्ति पर्याप्त बन्यो । उनले खेलको ७५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

जितसँगै श्री कुमारीले लिगको पहिलो जितबाट पराजित यात्रा तोडेको छ । कुमारीले एक जित र चार हारसँगै पाँच खेलबाट तीन अंक बनाएको छ । यसअघि उसले ब्रिगेड ब्वाइज, वीरगन्ज युनाइटेड, च्यासल र श्री भगवती क्लबसँग पराजय खेपेको थियो ।

पराजित बाँसबारीले भने समान दुई जित र तीन हारसहित पाँच खेलमा ६ अंक कायम गरेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro