site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पिताम्बर’को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा !

काठमाडौं । चलचित्र ‘पिताम्बर’को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । पाँच दिनअगाडि रिलिज भएको ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनतर्फ एक नम्बरमा आइपुगेको हो । 

एक्सनप्रधान मुभीको ट्रेलर युट्युबमा पाँच दिनमा २१ लाखपटक हेरिएको छ । कृषा चौलागाईंले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायतको अभिनय छ । 

विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद रहेको छ ।

चैत २९ गते रिलिज हुने चलचित्रमा पुरुषोत्तम प्रधानको डीओपी रहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro