देश

काठमाडौं । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन् । केही दिनयता काठमाडौंकेन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आइतबार (चैत २४) माइतीघरमा सिटी जुलुस निकालेका हुन् ।
उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिटी बजाएर सरकारको ध्यानाकर्षण गराए । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौंमा उपस्थित भएका शिक्षकहरूले सरकारले चैत २५ गतेसम्म आफ्ना माग पूरा नगरे शैक्षिक हडताल गर्ने चेतावनी दिएका छन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षक गएको माघ २० गतेदेखि चरणबद्ध आन्दोलनमा छन् । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१ १३:१६
प्रतिक्रिया दिनुहोस्