site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षक महासंघले गर्‍यो शैक्षिक हडताल घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले शैक्षिक हडताल घोषणा गरेको छ । यही चैत २५ गते (सोमबार)देखि ‘आम शैक्षिक हडताल’ घोषणा गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

महासंघले देशभरका सबै विद्यालय बन्द गरी काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ । “अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक–कर्मचारी साथीहरूलाई आग्रह गर्दछौँ,” अध्यक्ष सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

गएको माघ २० देखि महासंघले आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेको छ । पछिल्लोपटक चैत २० देखि शिक्षक काठमाडौंमा सडक आन्दोलनमा छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।

“यो अवधि (सोमबारदेखि)मा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरूमा जोडदार आग्रह गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro