site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यूनचापीय प्रणालीले अब हुनेछ वर्षा
काठमाडौंको मनमैजुबाट आइतबार (चैत २४) बिहान देखिएको वायु प्रदूषणको दृश्य । तस्बिर : हरिराम भेटुवाल/रासस ।

काठमाडौं । देशमा आउँदो मंगलबार (चैत २६)देखि पानी पार्ने न्यूनचापीय प्रणालीको प्रभाव रहने अनुमान छ । पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभावले वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव मंगलबारदेखि नेपालमा पनि देखिने महाशाखाका मौसमविद् विनु महर्जनले बताइन् । यसको प्रभाव नेपालको पूर्वी क्षेत्रमा बढी पर्ने उनले जानकारी दिइन् ।

देशमा केही दिनयता पानी परेको छैन । “मंगलबारदेखि वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भनिन्, “पश्चिमी वायु र पूर्वीय न्यूनचापीय प्रणालीको प्रभावले पानी पर्ने देखिन्छ । पूर्वतिर वर्षाको बढी सम्भावना छ ।”

मंगलबार विशेष गरी कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको उनले बताइन् । त्यस दिन मधेस प्रदेशका पनि एक/दुई स्थानमा पनि वर्षाको सम्भावना छ ।

“मंगलबारदेखि वर्षा सुरु हुने देखिन्छ । त्यसपछि पनि एक/दुई दिन वर्षा हुन सक्ने सम्भावना छ,” उनले भनिन्, “तर, हामीले तीन दिनको मात्र पूर्वानुमान जारी गर्दै आएका छौँ ।” 

मंगलबार काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । हल्का वर्षा हुन सक्ने उनले बताइन् ।

हाल प्रिमनसुन अवधि हो । प्रिमनसुनमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहन्छ । यो समयमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ । भारी वर्षाको सम्भावना नरहेको मौसमविद् महर्जनले स्पष्ट पारिन् ।

आज र भोलि (चैत २४ र २५) भने वर्षाको उल्लेख्य सम्भावना नरहेको उनले बताइन् । “पर्सिबाट न्यूनचापीय प्रणालीको प्रभाव बढेर वर्षा हुन सुरु हुने देखिन्छ,” उनले भनिन् ।

मंगलबारदेखि पश्चिमी भूभागका एक/दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षासँगै वायु प्रदूषण कम हुने विभिन्न मौसमविद्को भनाइ छ ।

यो पनि पढ्नोस्–

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro