site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा गुप्तचर विभागका निर्देशक र उपनिर्देशक बर्खास्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेसलन सेक्युरिटी एजेन्सी (गुप्तचर विभाग)को निर्देशक तथा उपनिर्देशकलाई पदबाट हटाएको छ ।

अमेरिकाको वायुसेना जनरल टिमोथी हफ र उनका उपनिर्देशक वेन्डी नोबललाई बिहीबार पदबाट हटाइएको समाचार संस्था सीएनएनले जनाएको छ । उनीहरूलाई हटाउनुको कारण खुलाइएको छैन ।

जनरल टिमोथी हाफलाई पदबाट हटाइएको घटनाले अमेरिकी गुप्तचर समुदायमा ठूलो हलचल मच्चिएको समाचारमा बताइएको छ । हफ अ‍ेरिकाको साइबर कमान्डका प्रमुख पनि हुन् । साइबर कमान्ड सेनाको आक्रामक र रक्षात्मक साइबर इकाइ हो ।

ट्रम्प प्रशासनको पहिलो दुई महिनामा यस्तो प्रकारको ठूलो परिवर्तनले खुफिया क्षेत्रलाई अस्थिर बनाएको बताइएको छ । यसबारे प्रतिक्रिया लिन खोज्दा वाइट हाउस राष्ट्रिय सुरक्षा परिषद्ले तत्काल कुनै टिप्पणी गर्न मानेन ।

हफ संयुक्त राज्य साइबर कमान्डका प्रमुख र राष्ट्रिय सुरक्षा एजेन्सीका निर्देशक दुवै पदमा थिए । सन् २०२४ फेब्रुअरीदेखि उनले यो पद सम्हालिरहेका थिए । उपनिर्देशक वेन्डी नोबल एजेन्सीकी वरिष्ठ नागरिक नेतृत्वकर्ता थिइन् ।

हफसँग वायुसेनामा ३० वर्षभन्दा बढी काम गरेको अनुभव राख्छन् । उनी रुस बारेको अध्ययनमा दख्खल मानिन्छन् । नोबलले सन् १९८७ देखि नेसलन सेक्युरिटी एजेन्सीमा आफ्नो करियर बनाएकी थिइन् ।

अमेरिकाको तल्लो सदन कंग्रेसमा डेमोक्र्याट पार्टीका सांसदहरूले बर्खास्त गर्ने ट्रम्प प्रशासनको कदमको आलोचना गरे । सिनेट गुप्तचर समितिमा डेमोक्र्याट पार्टीका वरिष्ठ सदस्य, भर्जिनिया राज्यका सिनेटर मार्क वार्नरले हफलाई हटाइएकामो आश्चर्यजनक घटना भएको बताए । पूर्ववरिष्ठ गुप्तचर अधिकारी ल्यारी फाइफरले यसलाई ट्रम्प प्रशासनको अभूतपूर्व कदम भएको बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro