site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डढेलोमा जलेर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

वाग्मती । मकवानपुरको भीमफेदी गाउँपालिका–१, नयाँ गाउँस्थित सामुदायिक वनमा लागेको डढेलोमा जलेर बिहीबार एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय अकिलबहादुर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घरनजिकै रहेको बोकेदह सामुदायिक वनमा लागेको डढेलो गाईगोठमा आयो कि भनेर श्रीमती र दाजुसहित गएराति उनी बारीमा गएका थिए । बारी छेउको भिरबाट लडेर पाख्रिन बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा बिहीबार भोर्लाको लहरामा अड्किएको र डढेलोमा जलेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । रासस

 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  २३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro