site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्य प्रशिक्षक एन्सोलोटी भन्छन्– रियालको फाइनल पुग्ने लक्ष्य पूरा भयो
Tiktok banner adTiktok banner ad

काठमाडौं । रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लाे एन्सेलोट्टीले कोपा डेल रेको फाइनलमा स्थान बनाएपछि फाइनल पुग्ने लक्ष्य पूरा भएको प्रतिक्रिया दिएका छन् । मंगलबार रियालले सेमिफाइनलमा रियाल सोसिडाडविरुद्ध समग्रमा ५–४ को जित निकाल्दै फाइनलमा स्थान बनाएपछि मुख्य प्रशिक्षक एन्सेलोट्टीले फाइनल पुग्ने लक्ष्य पूरा भएको प्रतिक्रिया दिएका हुन् ।

“हामीले फाइनलमा पुग्ने हाम्रो लक्ष्य राखेका थियौँ र हामीले त्यो लक्ष्य पूरा गर्‍यौँ,” खेलपछि सञ्चाकर्मीसँगको कुराकानीमा एन्सेलोट्टीले भने, “केही गल्ती र राम्रा कुरामिश्रित यो खेल निकै रोमाञ्चक थियो । त्यो निकै रमाइलो थियो र हामी फाइनलमा प्रवेश गरेका छौँ ।”

रियाल सोसिडाडसँग बराबरी गर्दै समग्रमा ५–४ को जित निकाल्ने क्रममा एन्ड्रिकस जुड बेलिङ्घम, औरेलियन चुवामेनी र एन्टोनियो रुडिगरले समान एक गोल गरेका थिए ।

रियालले अब अर्काे महिना फाइनलमा बर्सिलोना वा एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल सेभिया सहरस्थित स्टाडियो डी ला कार्टुजा रंगशालामा हुने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro